चुनावले तातियो दुवै रुकुम, दलहरु घरदैलोमा व्यस्त



धनवीर दाहाल, रुकुम ।
दुवै रुकुममा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनको चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ निबार्चन क्षेत्र रहेको पश्चिम रुकुममा ७३ मतदान स्थल र १११ मतदान केन्द्र रहेका छन् । यस्तै कुल मतदाता ८४०३२ रहेका छन् । यसै गरी पुर्वी रुकुममा २७९२८ मतदाता रहेका छन् भने ३१ मतदान स्थल र ४२ मतदान केन्द्र रहेका छन् । दुवै जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेस बिच मुख्य प्रतिस्पर्धा रहेको छ । तर निबार्चनमा नयाँ शक्ति, नेकपा माले, संघियसमाजबादी फोरम र जनमोर्चाले पनि भाग लिएको छ । 

रुकुम पश्चिममा बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागी माओबादी केन्दका जनार्दन शर्मा र नेपाली कांग्रेसबाट गोपालजीजंग शाह तथा रुकुम पुर्वमा प्रतिनिधि सभाका लागी बामगठबन्धनबाट माओबादी केन्द्रका कमला रोका र नेपाली कांग्रेसबाट हरिशंकर घर्ती बिच तिब्र प्रतिस्पर्धा रहेको छ । यस्तै रुकुम पश्चिमबाट प्रदेश सभा क्षेत्र नं १ मा बामगठबन्धनबाट माओबादी केन्द्रका रातो कामी र नेपाली कांग्रेसका कृष्ण रोकाय तथा क्षेत्र नं २ बाट बाम गठबन्धनबाट माओबादी केन्द्रका गोपाल शर्मा र नेपाली कांग्रेसका खड्ग डाँगी बिच तिब्र प्रतिस्पर्धा रहेको छ । उम्मेदवारहरु घरदैलो तथा कोणसभाहरु व्यस्थ छन् ।

 

प्रतिक्रिया दिनुहोस्