मलेसियाद्वारा नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको वायोमास ओभलमा जारी खेलमा नेपालले सामान्य चुनौती पाएको छ । २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले १५.३ ओभरमा ४५ रन हुँदा सबै विकेट गुमाएको हो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान २–२ विकेट लिए । त्यस्तै, अनिल कुमार शाहले एक विकेट लिए ।

मलेसियाका ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरेका थिए । मलेसियाको ३३ रन हुँदा पहिलो विकेट गुमेको थियो । त्यसपछि मलेसियाका कुनै पनि ब्याट्सम्यानले राम्रो ब्याट गर्न सकेनन । मलेसियाका लागि सैद अजिज सैद मुबराकले २० र भिरन्दिप जग्जित सिंहले १० रन बनाएका थिए ।

नेपाले केही समयपछि जवाफी ब्याटिङमा उत्रीदै छ ।

 

प्रतिक्रिया दिनुहोस्