बामगठबन्धनका ४ नेता चढेको गाडी एम्बुसमा पर्यो, अर्को बम पनि बिस्पोट



काठमाडौं । संखुवासभामा बाम गठबन्धनका ४ जना नेता सवार गाडी अज्ञात समूहको बिस्पोटमा परेको छ । लगत्तै अर्को बम पनि बिस्पोट भएको छ ।
मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी बिस्पोटमा परेको हो । बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ ।
गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की नबिन र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ ।
उनीहरु बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केहीसमय हेलिकप्टरले गस्ती समेत गरेको छ । बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्