सबै छ हजुर ?



 

चुनाव लक्षित सुरक्षा व्यवस्था कडा भइरहेका बेला हिजोआज सडकका हरेक गल्लीमा राम्रै चेकिङ भइरहेको धरहरालाई महसुस भएको छ। यसो एउटा सडक गल्ली पार गर्यो अर्को सडक गल्ली आइपुग्दा फेरि चेकिङ हुन्छ। राति–राति काम गरेर घर फर्किनेहरूका लागि यो त खुसीकै कुरा भयो। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपछि लुटिने चोरिने डर भएन।

तर, तीन किलोमिटरमा तीन ठाउँमा चेकिङ हुँदा भने हैरानी बेहोर्नुपरेको गुनासो गरेको धरहराले देख्यो। त्यस्तैमा एक दिन एक ट्राफिक प्रहरीले ब्लुबुक, लाइसेन्स, मापसे सबै छ हजुर भनेर सोद्धा यो धरहरा छक्कै पर्यो। अनि चालकले भन्यो– दुईटा मात्रै छ एउटा छैन। प्रहरी छक्कै पर्यो, लाइसेन्स छैन हो? भनी सोध्यो पनि अनि चालकले भन्यो मापसे छैन।

ती दुईको यो संवाद सुनेर धरहरा पनि छक्कै पर्यो। सोध्नेले पनि के–के छ भनेर सोधेको भए हुन्थ्यो, उत्तर दिनेले पनि मिलाएर दिएको भए हुन्थ्यो, बेकारमा समय बर्बाद गरेको देख्दा धरहराको मन अमिलो भयो। कि कसो पाठकवृन्द⁄ ‘समय खेर नफालौं अनावश्यक कुरा नगरौं’ भन्ने धरहराको सुझाव छ।

 

प्रतिक्रिया दिनुहोस्