हरिरी फर्कने



 

 

रियाद,, (एजेन्सी)
लेबनानका प्रधानमन्त्री साद हरिरीले केही दिनपछि नै लेबनान फर्केर प्रधानमन्त्री पदबाट औपचारिक रूपमा राजीनामा दिने भएका छन्। गत साता राजीनामा दिने घोषणा गरेयता साउदीको राजधानी रियादमा फ्युचर टेलिभिजनमार्फत हरिरीले पहिलो पटक बोलेका हुन्। उनका मन्त्रीमण्डलका गठबन्धनले उनलाई बन्दी बनाइँदै गरेको बताए पनि उनले सो कुरा अस्वीकार गरेका छन्। उनले इरान समर्थित हिज्बुल्लाह मुभमेन्टलाई आफूले राजीनामा दिनुपर्नाको दोष दिएका छन्। उनले आफ्नो र परिवारको ज्यान जाने डरले राजीनामा दिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्