बालबालिका घाइते



 

 

सान डियागो, (एजेन्सी)
अमेरिकाको क्यालिफोर्नियाको सान डियागोस्थित एउटा पाकोर सेन्टरमा भवनको संरचना भत्किँदा २१ जना बालबालिका र दुईजना वयस्क घाइते भएको प्रहरीले जनाएको छ। सान डियागो अग्नी उद्धार निकायले शनिबार राति भल्ट पार्कोरको भर्याङ भाँचिएको ट्विटरमार्फत जानकारी दिएको छ। उक्त जिममा एथ्लेटहरूले पार गर्नुपर्ने विभिन्न अडचनका खेलहरू पार्कोर समावेश गरिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार ‘किड्स नाइट आउट’ कार्यक्रममा सरिक करिब ५० जना बालबालिका त्यहाँ पिज्जाका लागि लाइनमा बसिरहेका बेला एक्कासि २० गुणा ३० फुटको काठको डेक र सिंढी खसेको एनबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्