जोखिम पलायन



ढाका, (एजेन्सी)
म्यान्मारका गाउँबाट पलायन हुने क्रममा केही युवा रोहिंग्या मुसलमानहरू तेल राख्ने पहेंलो जर्किनको सहारामा साढे २ माइल पौडी खेल्दै बंगलादेश पुगेका छन्। तीमध्ये १३ वर्षीय नबी हुसेनले पौडी खेल्न पनि सिकेका थिएनन् र उनी म्यान्मारको गाउँबाट पलायन हुनुअगाडिसम्म समुद्र कहिल्यै देखेका थिएनन्। रोहिंग्या मुस्लिमहरू म्यान्मारको आफ्नो गृह इलाकामा हिंसा भड्किएपछि सुरक्षाका लागि छिमेकी बंगलादेशतर्फ पलायन हुन जोखिमपूर्ण जलयात्रा तथा पौडी खेल्ने गरेका छन्। एक हप्तामा दर्जनौं केटा तथा युवाहरू खाने तेल राख्ने जर्किनको प्रयोग गरी नाफ नदीको मुहानमा पौडी खेलेर पार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्