नेपाली भूमिमा एसएसबीकाे दादागिरी



कन्चनपुर, कात्तिक २७ । कन्चनपुरको भीमदत्त नगरपालिकाको नेपाल–भारत सीमामा ह्युमपाइप राख्ने विषयमा विवाद हुँदा झडप भएको छ ।

कन्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडकको नेपाल–भारत सीमाको पिलर नम्बर ८०९ (५ ए) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइप राख्नलाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गर्दा विवाद भएको हो ।

नेपाली भूमिमै भइरहेको सडक निर्माणमा भारतीय पक्षले आफ्नो क्षेत्र पर्ने भन्दै भारतीय नागरिक र हतियारसहित आएका एसएसबीले पानीको निकासका लागि हालेको ह्युमपाइप निकाल्नुपर्ने दबाब दिँदा विवाद भएको जनाइएको छ ।

एसएसबीको अवरोधपछि निर्माणको काम रोकिएको र सोबारेमा भारतीय पक्षसँग छलफल गरेर काम सुचारु गरिने कन्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

गत वर्ष फागुनमा कल्भर्टकै विषयमा भएको विवादमा एसएसबीले नै चलाएको गोली लागेर कन्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्