‘कांग्रेसले सबै उद्योग बेचेर खायो’



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सबै उद्योग बेचेर खाएको आरोप लगाएका छन् ।

कांग्रेसले पटक–पटक बहुमतको सरकार बनाएपनि देशलाई औद्योगीकरणमा लैजानुको साटो भएका उद्योग पनि बेचेर सकाएको आक्षेप उनले लगाए ।

सोमबार झापाको महारानीझोडा, स्कुलचौरमा आयोजित चुनावीसभामा उनले कांग्रेस नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध ध्वस्त बनाएकाले नेपालले नाकाबन्दी सहनुपरेको जिकिर गरे ।

उनले आफू प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्ध सुधार गरेर भारत भ्रमण गरेको पनि बताए ।

वाम गठबन्धनका उम्मेदवारलाई जिताएमात्र मुलुकमा विकास निर्माण सम्भव हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्