‘वाम गठबन्धनले २ तिहाईभन्दा बढी बहुमत ल्याउछ’



गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको बताएका छन । अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पाटी एकता हुने भन्दै उनले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताए । गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका विष्टले आफ्नो निर्वाचन क्षेत्र धुर्कोट गाउँपालिका ७ द्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुलुकलाई गरिबीको रेखामुनिबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको तर्क गरे । उनले विगतका चुनावमा कांग्रेसले पटक–पटक बहुमत ल्याएपनि मुलुकको विकास अगाडि बढ्न नसकेको भन्दै अव निर्वाचनपछि वन्ने वामपन्थीहरुको स्थायी सरकारले मुलुकलाई विकासको अभियानमा लैजाने दावी गरे ‘अबपनि देशलाई अविकसित रहिरहन दिन सकिदैन उनले भने ‘ यसैले यस पटकको चुनावमा एमाले र माओवादी एक भएको सयुक्त चुनावमा लागेर २ तिहाईभन्दा बढी बहुमत ल्याउछ ।’ उनले चुनावपछिको सरकारले मुलुकलाई मुलुक नयाँ दिशामा अगाडि बढउदै ५ बर्ष स्थायी सरकार चलाउने स्पष्ट पारे ।नेता विष्टले जिल्लाको विकास निमार्णमा आफु सधै गुल्मेली जनताहरुको साथमा रहेकाले पनि जनताले धेरै माया गरे निर्वाचनमा अत्यधिक मतदानले विजयी बनाउने आशा गरेको बताए । धुर्कोट गाउँपालिका ७ वाग्लामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार माओवादी पोलीटब्युरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धी सहितको मुलुक निमार्णका लागि वाम एकता भएर चुनावी मैदानमा रहेको बताए । उनले मुलुकमा रहेको गरिवी अशिक्षा, वेरोजगार लगायतका समस्याहरु निर्वाचन पछि बन्ने सरकारले न्युनिकरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्