नेपाल प्रहरीमा एआईजीको संख्या १५



 

काठमाडौं, (नेस)
सरकारले नेपाल प्रहरीमा फेरि २ प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको छ।

सरकारले यसअघि पनि २ एआईजीको दरबन्दी थप गरे पनि कसैलाई बढुवा गरेको थिएन। अब सरकारले एआईजीमा मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाललाई एआईजीमा बढुवा गर्ने तयारीसमेत गरेको छ।

नेपाल प्रहरीमा एआईजीको संख्या अब १५ पुगेको छ। सरकारले उनीहरूको बढुवाको फाइल अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

डीआईजीमा सँगै बढुवा भएका रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला र सुदीप आचार्य यसपटकको बढुवामा पनि छुट्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्