भूकम्प अपडेट:पश्चिमी केरमनसा प्रान्त भूकम्पमा मृत्यु हुनेको संख्या दुई सय सात पुग्यो



एजेन्सी । इराक र इरानको सीमानामा अवस्थित पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या दुई सय सात पुगेको छ । उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।

उक्त भूकम्पमा परि इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ ।

उद्धारको काममा खटिरहेकाहरुले दिएको जानकारी अनुसार कम्तिमा पनि दुई सय सात जनाको शव भेटिएको छ । सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा धेरै मानिसहरु घाइते भएका छन् । अधिकारीहरुले घाइते हुनेको संख्या एक हजार सात सयभन्दा बढी नै रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्