चुनाव ठगहरुको मेस हाईन—बिजुक्छे



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनु भएको छ ।
आज रफत सञ्चार क्लबले आयोजना गरेका नेमकिपाका उम्मेदवारहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै बिजुक्छेले गैरलोकतन्त्रवादीहरु मिलेर लोकतान्त्रिक गठबन्धन र गैरवामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउन’भयो ।

उहाँले नेमकिपाले देश र जनताको अधिकारको सुरक्षित गर्न उम्मेदवारी दिएको बताउनुभयो । बिजुक्छेले भक्तपुरमा काँग्रेस उम्मेदवार दमननाथ ढुङ्गानालाई बिजुक्छे र नेमकिपाको समर्थन छ, भनेर काँग्रेसले र अन्य जिल्लामा बामगठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूजीवाद विरुद्ध नेमकिपाको उम्मेदवार भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिबको नाममा १८ करोड रुपैया बाडेर आचार सं्रहिता उलंघन गरेको बताउँनुभयो ।

त्यसअवसरमा नेमकिपाका भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाई र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणा पत्र बनाएर जनता झुक्याउदै आएको बताउँदै त्यसको पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्