अछामको बुढीगंगा नदिमा बेवारिसे शव भेटियो



बिष्णुप्रसाद भण्डारी अछाम ।

अछामको बुढीगंगा नदिमा बेवारिसे शव भेटिएको छ । साँफेबगर नगरपालिका ४ अन्तरगत बुढीगंगा नदिको पक्की पुल नजिकै नदिकोबीचमा बेवारिसे अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली त्यस तर्फ गएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो । डिएसपी दधिराम न्यौपानेका अनुसार हिजो साँझ करिब ५ बजे प्रहरी टोलिले शव ईलाका प्रहरी कार्यालय साँफेबगरमा ल्याएर राखेको थियो । त्यहाँ हिजो रातभर प्रहरीले शव कुरेको र अहिले पोष्टमार्टका लागि सदरमुकाम मंगलसेन ल्याउन लागिएको उहाँले बताउनुभयो ।

मृतकको सनाखत समेत हुन नसकेको उहाँले जानकारी दिनुभयो । घटना बारे अहिले नै केही भन्न नसकिने बताउँदै डिएसपी दधिराम न्यौपानेले अनुशन्धानबाट मात्र त्यसको पुष्ठि हुने बताउनुभयो । मृतकका साथबाट ८ हजार ४ सय ३० रुपैयाँ नगद समेत भेटिएको प्रहरीले जनाएको छ ।

साथै एक नेपाली सिम कार्ड र एक भारतीय सिम कार्ड सहित लाभा कम्पनीको मोबाईल पनि उनको साथमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको थर ठेगान नखुलेको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक महेन्द्र बहादुर कलौनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्