अमेरिकी जनता प्रतिबद्ध



 

बोन, (एजेन्सी)
पेरिस जलवायु सन्धिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन बाहिरिए पनि केही अमेरिकी राज्य, शहर, व्यवसायी र विश्वविद्यालयहरूको एक समूहले उनीहरू अझै पनि विश्व तापक्रम वृद्धिलाई रोक्न कटिबद्ध रहेको बताएका छन्। तर संघीय स्तरबाट प्रयास नभएसम्म ग्रिन हाउस ग्यास उत्सर्जनमा आवश्यक उपलब्धी हासिल नहुने धारणा राखेका छन्। अमेरिकाको उक्त समूहको अर्थतन्त्र जापान र जर्मनीको भन्दा ठूलो छ। अमेरिकी सरकार पेरिस सम्झौताबाट बाहिरिए पनि अमेरिकी जनता त्यसको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको विश्वले थाहा पाउनुपर्ने न्युयोर्कका मेयरले बोनमा भइरहेको जलवायु सम्मेलनमा बताए।

प्रतिक्रिया दिनुहोस्