राष्ट्रवादी र्याली



 

वार्सा, (एजेन्सी)
पोल्यान्डको स्वाधीनता दिवसको अवसर पारेर शनिबार राजधानी वार्सामा एक र्यालीमा दशौं हजार राष्ट्रवादीहरूले भाग लिएका छन्।
तिनीहरूमध्ये केहिले धार्मिक नारा ‘भगवान⁄ राष्ट्रको सम्मान गर ’ र केहीले जातिवादी नारा ‘शुद्ध पोल्यान्ड, गोरो पोल्यान्ड’ लगाएका थिए। फासीवाद विरुद्धको सो र्यालीको करिब २ हजार व्यक्तिले विरोध गरेका थिए। प्रहरीले उक्त मार्चमा झण्डै ६० हजार राष्ट्रवादीको उपस्थिति रहेको अनुमान गरेको छ। सो मार्चमा संयुक्त अधिराज्य र इटालीलगायत युरोपका विभिन्न स्थानबाट मानिस ओइरिएका थिए।

प्रतिक्रिया दिनुहोस्