हुन्डाईको एक्सचेन्ज अफर



 

काठमाडौं, (नेस)
नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक हप्ता लामो हुन्डाई मेगा एक्स्चेञ्ज सप्ताह कार्यक्रम ल्याएको छ। कात्तिक २६ गतेदेखि मंसिर २ गते शनिबारसम्म हुन्डाई ब्रान्डका सबै मोडलमा उक्त अफर लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकका लागि उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो ल्याएको जनाएको छ। हुन्डाईसँग ग्राहक सामु ६२ हजार रुपियाँसम्मको लाभ लिन मिल्ने योजनासमेत ल्याएको छ। यसअन्तर्गत अविश्वसनीय मूल्यांकनसँगै उपहार, उत्कृष्ट नगद छुट, स्पट फाइनान्स तथा बीमा रहेको छ। साथै ४ वर्ष फ्रि सर्भिस, ३ वर्ष को वारेन्टी, २० हजार रुपियाँसम्मको लोयल्टी बोनस, १ लाखसम्मको एक्स्चेन्ज बोनस, हरेक गाडीको बिक्रीसँगै प्रदान गर्ने छ। यो योजना देशभरका हुन्डाई डिलर नेटवर्कमा लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्