कहाँ बाट आइरहेको छ रविन्द्र मिश्रालाई चुनावी खर्च ?



काठमाडौ । विवेकशील साझा पार्टीबाट काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रको चर्चा अहिले उपत्यकामा चुलिएको छ । व्यवस्थित र हाइटेक चुनावी प्रचारका कारण मिश्रले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई अप्ठेरो पारिरहेको भन्ने पनि नसुनिएको होइन ।

विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रेको छ । उसले प्रदेह र प्रतिनिधिसभा निर्वाचनमा एक सय ४८ उम्मेदवार उठाएको छ । तर, ती सबैभन्दा बढी चर्चा रविन्द्र मिश्रले नै पाएका छन् । विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उठेका छन् तर उनको चुनावी चर्चा मिश्राको तुलनामा कमै सुनिन्छ ।

त्यसैले चुनाव नजिकिँदै गर्दा मिश्रको मात्रै धेरै चर्चा हुन थालेपछि विभिन्न अनुमान लागउन थालिएको छ । कतिसम्म भएको छ भने प्रत्येक सिनेमा हलमा फिल्म चल्नुअघि रवीन्द्र मिश्रलाई जिताऔं भन्ने विज्ञापन बज्ने गरेको छ भन्ने कुरा पनि सुन्नमा आएको छ । यसरी करोडौं रुपैयाँको विज्ञापन र चुनावी खर्च मिश्रलाई त्यत्तिकै उपलब्ध भएको हो त ? भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ ।

बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेका मिश्र किन आए भन्ने विषयले यतिबेला चर्चा पाउन थालेको छ । जागिरबाट बिदा भएपछि मिश्रले दर्ता गरेको साझा पार्टीलाई विवेकशील नेपाली दलसँग समाहित गराएर राष्ट्रिय पार्टी बनाउन उनी प्रत्यक्षमा चुनाव लडिरहेका छन् ।

गत ११ साउनमा पार्टी एकीकरण गराउन सफल मिश्र सुरुमा युरोपियन युनियन र पूर्वराजपरिवारबाट परिचालित भएको चर्चा सुरु भएको छ । नेपालका मुख्य पार्टीमा चलखेल गर्न र सूचना दिने काम मिश्रले नै गरिरहेको उनीमाथि आरोप लाग्न थालेको पनि सुन्नमा आएको छ ।

मिश्रले युरोपियन युनियन र विघटित राजसंस्थाबाट आएको पैसाले चुनाव प्रचारप्रसार गरिरहेका छन् भन्दा पनि उनलाई कुनै अभीष्टका लागि राजनीतिमा ल्याइएको चर्चा राजनीतिक र कूटनीतिक तहमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्