भारतलाई हराउँदै नेपालको एतिहासिक जीत



नेपाल समाचारपत्र, काठमाडौ ।
कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ र बलिङले एसीसी यू १९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ।

खेलमा नेपालले उतकृष्ट बलिङ गर्दै भारतलाई १९ रनले हराउँदै ऐतिहासिक विजय हासिल गरेको हो । मलेसियामा आइतबार भएको खेलमा टस हारेर व्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन मात्र बनायो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरे भने जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । त्यस्तै भिम सार्कीले १५ रन बनाए ।

 

प्रतिक्रिया दिनुहोस्