महिलाहरुले के गरे सेक्सी देखिन्छन् ?



एजेन्सी । ‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाँभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्वेले देखाएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् ।

यस्तो छ सर्वेको परिणाम :

— २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए ।

— एक तिहार्इभन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो ।

—सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए ।

—अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् ।

प्रतिक्रिया दिनुहोस्