अभिलाषा पनि पराजित



काठमाडौं, (नेस)
केशा ग्रुप एएनएलटीए एसियन यु–१४ रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ मा अभिलाषा विष्ट हारेलगतै नेपाली खेलाडीले उपाधि जित्न असफल भएका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा वैश्वनवी अड्करसँग अभिलाषा विष्टलाई ६–२ र ६–० ले हारिन्।

यसअघि नेपाली खेलाडीहरू ब्वाइज सिंगल्स, ब्वाइज डबल्स र गल्र्स डबल्समा पराजित भएका थिए। यसैगरी ब्वाइज फाइनलमा भारतका अनर्घा गांगुलीले आफ्नै देशका लेस्टन भाजलाई ६–४, २–६ र ९–७ ले पराजित गरे। ब्वाइज डबल्सको उपाधि भने अनर्घा र लेस्टनको जोडीले जितेका थिए। अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित गल्र्स डबल्समा पनि वैश्नवीले भारतकै हर्साली मान्दभ्करसंग मिलेर स्वर्ण जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्