नर्सवाट एक सय विरामीको हत्या



बर्लिन (एजेन्सी)
चिकित्सा क्षेत्रमा संलग्न कुनै पनि ब्यक्ती आफनो सम्पुर्ण ज्ञान र शिपको प्रयोग गरि कुनै पनि ब्यक्तीको ज्यान जोगाउन दत्तचित्त र प्रतिबद्ध हुन्छ आम धारणा हो। त्यसैले सोहि पेशामा आबद्ध कुनै नर्सले एक सय जनाको ज्यान लिएको छ भन्दा अपत्यारिलो लाग्न सक्छ। तर जर्मनीका ती पुर्व नर्सका बारेमा त्यसरी नै समाचार आइरहेको छ।

अभियोजन पक्षले टक्सिकल टेस्टमा नर्स निल्स होएगलले दुई अस्पतालमा कम्तिमा सय जनाको ज्यान लिएको संकेत प्राप्त भएको बताएका छन्।

टक्सिकोलोजीमा विष र त्यसको प्रभावको बारेमा अध्ययन गर्ने विज्ञान हो। नर्स निल्स होयगल ती अस्पतालमा काम गर्थिन्। जाँचमा संलग्न अधिकारीहरूले नर्स होयगल्सले जानीजानी सुनियोजित तरिकाबाट आफना विरामीलाई प्राणघातक विषाक्त इन्जेक्सन दिएको बताए। मुटु सम्बन्धी विरामीको जिम्मेवारी होयगल्समाथि थियो।

ती दुई अस्पतालमा काम गरिसकेकी होयगल हालै हत्याको दुई मामिलामा आजिवन कारावासको सजायँ भोगिरहेका छन्। होयगलले ती विरामीलाई पुन जीवित पार्ने प्रयास गरि आफना सहकर्मिहरूलाई प्रभावित पार्न चाहन्थे। अर्को बर्ष उनी माथि नयाँ आरोप लगाउन सकिने बताइएको छ। सन १९९९ देखि सन् २००५ को बीचमा जर्मनीको दुई सहरमा उनी माथि ३८ र ६२ रोगीको हत्या आरोप छ।
होयगलले अन्य विरामीहरूको पनि हत्या गरेको हुन सक्ने तर उनीहरूको अन्तिम संस्कार भइसकेको जाँच अधिकारीहरूले बताएका छन्। यदि होयगलमाथि लगाइएका आरोप प्रमाणित भएमा उनी दोस्रो विश्व युद्धपछि जर्मनको सबैभन्दा खराब सिरियल किलर्स बन्नेछिन्।

सन् २०१५ को अदालती कारवाहीका क्रममा होयगलले ३० जनाको ज्यान लिएको स्विकार गरेपछि उनी विरुद्धको जाँचको दायरा बढाएका थिए। उक्त सुनुवाइमा उनी दुईवटा हत्या, दुई हत्याको प्रयास र विरामीलाई नोक्सान पुर्याएको आरोपमा दोषी पाइएको थियो।

जाँच अधिकारीहरूले १ सय ३० पुर्व विरामीको चिहान उत्खनन गरि उनीहरूलाई विषादी दिएको छ वा छैन पत्ता लगाउन परिक्षण गरेका थिए।
होयगलले काम गरेका अस्पतालहरूमा उनका रिकर्डहरू नस्ट भइसकेको तर पनि त्यहाँबाट केहि प्रमाणहरू भेटिएको बताइएको छ। जर्मनीको डेलमेनहोस्र्ट सहरका एक अस्पतालमा उनी गएपछि विरामीको मृत्यु हुने क्रम शुरू भएको थियो। ती मृत्यु उनकै सिफ्टमा भएका थिए।

प्रतिक्रिया दिनुहोस्