२० लाख घुससहित प्राविधिक कार्यालयका हाकिम पक्राउ



भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।

प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद छ लाखसहित १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।

उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । ‘घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ’, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले भने, ‘अहिले घटनास्थलमा मुचुल्का हुँदैछ ।’

‘घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,’ उनले भने । शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट घुस लिएको प्रारम्भिक जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्