निर्वाचनको मुखमा देउवाको यस्तो चाला !



काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएका समयमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवा आफ्नी पत्नी आर्जु देउवासँग बसेर मादक पदार्थ सेवन गर्न लागेको तस्विर सामाजिक सञ्जालमा केही समय पहिले देखी ब्यापक बनिरहेको छ । नेपाली कांग्रेस विरोधीहरुले यसो गरेको कांग्रेस कार्यकर्ताले बताउँदै आएका छन । विभिन्न पेज र गु्रप मार्फत नेपालका नेताको चरीत्र हत्या गर्ने किसिमले यस्ता सामाग्री ब्यापक रुपमा पोष्ट हुँदा समेत नियमनकारी निकायको ध्यान जान सकेको छैन । विशेष गरी शीर्ष नेतालाई विभिन्न किसिमले चरीत्र हत्या गर्दै सामाजिक सञ्जालमा पोष्ट गरीरहेको पाइएको छ ।
देउवासम्मीलीत भनी फेसबुकमा पोष्ट गरीएको तस्विर हामीले फसबुकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस्