समाजसेवी लक्ष्मी नारायणको निधन



ललितपुर,(नेस) ।
समाज सेवी एवं वगलामुखीका द्योः पाला लक्ष्मी नारायण कपालीको ६७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान करिब साढे ८ बजे मनिङवाक सकाएर बगलामुखी मन्दीर तर्फ जाँदै गर्दा उहाँको निधन भएको सहयोगि रवि खनालले जानकारी दिनुभयो ।

शाही कालका पुर्व वडाअध्यक्ष, बगलामुखी भजन मण्डलका संस्थापक , दशमहाविद्या पुजा समितिका कोषध्यक्ष, स्काउटका पुर्व सदस्य समेत रहनुभएका कपाली धर्म संस्कृतिको रक्षाको लागि अहोरात्र खटिनुभएको छ ।

उहाँको एक धर्मपत्नी, एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया दिनुहोस्