मोटरसाइकल दुुर्घटनामा एकको मृत्युु



रौतहट, मोटरसाइकल दुर्घटनामा गएराति एकजना युुवकको मृत्यु भएको छ ।

मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रपुर नपा सन्तपुुरस्थित जारी रहेको कार्तिकेश कुुँवर मेलाबाट अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा गौरतर्फ गइरहेको ना५१प ९५५९ नंको मोटरसाइकल गौर चन्द्रनिगाहपुुर सडकखण्डको सखुुअवा चोक नजिक अनियन्त्रित भई दुुर्घटना भएको थियो ।

दुुर्घटनामा परी टाउको तथा पिठ्यूँमा गम्भीर चोट लागेका रौनियारको गरुडास्थित एक निजी अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा पछाडि बसिरहेका रौतहट माधवनारायण नपा–३ का पवनकुुमार साहलाई सामान्य चोटपटक लागेको र गरुडास्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ
रासस

प्रतिक्रिया दिनुहोस्