पितुर्के नेता



 

जति–जति प्रदेश र केन्द्रको निर्वाचनको मिति नजिकिदैछ त्यति नै निर्वाचनसँग जोडिएका अनेक चर्चा चुलिएका छन् । निर्वाचनको टिकट पाएकाहरु अनेक साम, दामका साथ विजयी बन्ने रणनीतिमा लागेका छन् । टिकट नपाएकाहरुले भने यही बेला पितुर्के स्वभाव देखाएको देख्दा धरहरा छक्क पर्या छ ।

पटक–पटक सांसद भएका र विगतमा पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुले बालबच्चाहरु झैं त्यस्तो स्वभाव र तर्क अघि सार्दा कसले पो पितुर्के भन्दैन होला र ? यस्तै लहरमा देखिएका मध्ये एक हुन् काँग्रेसका धनराज गुरुङ । सञ्चार माध्यममा उनको तर्क देख्दा सुन्दा लाग्छ, अहिलेको निर्वाचन नै अन्तिम हो, उनी मात्रै निर्वाचनबाट बञ्चित छन् ।

राष्ट्रिय राजनीतिमा छाएका उनलाई राष्ट्रिय सभामा पनि विकल्पमा हेरिएको होला । अनि धरहरालाई प्रश्न गर्न मन लाग्यो–२ पटक सांसद भइसकेका यी नेताज्यूलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा पाटीले अघि सार्दा के नै अपमान भयो होला ? अनि विगतमा रातो पासपोर्ट काण्डमा समेत मुछिएका उनलाई पार्टीले कल्याण गरेको चाहिँ किन चटक्कै विर्सिया होला ?

प्रतिक्रिया दिनुहोस्