एनआईबीएल क्यापिटल र एस क्यापिटल गाभिँदै



काठमाडौं, (नेस)
एनआईबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौता भएको छ। बिहीबार सम्पन्न सम्झौतामा एनआईबीएल क्यापिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गर्नुभएको छ।

एस क्यापिटल लिमिटेडको मुख्य कम्पनी एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गरी सो बैंकमा समाहित भएको हुनाले एनआईबीएल र एस क्यापिटल दुवै संस्था हाल नेपाल इन्भेष्टमेन्ट बैंकको शतप्रतिशत लगानी रहेको हुँदा गाभिएका हुन्।

उक्त बैंकको सहायक कम्पनी हुन गएको र नेपाल धितोपत्र बोर्डको नीति निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु⁄गाभिनु पर्ने व्यवस्था बमोजिम एक तुल्याइएको हो। दुई कम्पनी गाभिएपछि चुक्ता पुँजी २७ रुपियाँ करोड पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्