डिजाइनस रनवे हुँदै



 

आगामी पुष ७ गते राजधानीमा आइइसी डिजाइनस् रनवे सेसन ७ नामक फेसन शो हुने भएको छ। राजधानीको हायत रिजेन्सी होटलमा हुने उक्त शो आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गर्न लागेको हो।

कलेजमा अध्ययनरत २०१७ मा पास आउट हुने बिद्यार्थीले तयार पारेका बिभिन्न अन्तराष्ट्रिय डिजाइन प्रदर्शन र प्रवद्र्धन गर्ने उदेश्य रहेको सोमा ५१ बिद्यार्थीले तयार पारेको १३ थिमका बिभिन्न आकर्षक पहिरन प्रदर्शन गरिने कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराएकी छिन्।

यसका लागि मोडल छान्ने उदेश्यले राजधानीमा एक अडिसन समेत आयोजना गरिएको थियो। नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मालगायत निर्णायक रहेको समितिले १ शय ५० नयाँ तथा पुराना मोडल सहभागी अडिसनबाट २४ मोडल फेसन शोका लागि चयन गरेका छन्।

नेक्स्ट मोडल्स् नेपालले इभेन्टम्यानेजमेन्ट जिम्मा लिएको प्रतियोगीतामा चर्चित कलाकार सो टपरको रुपमा रहने छन्। अडिसनबाट छानिएका मोडललाई र्याम्पका लागि कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षणसहित उतार्ने आयोकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्