जनार्दन र शेरबहादुर मयुर नाच्दै भोट माग्दै



धनवीर दाहाल, रुकुम । नेकपा एमाले र नेकपा माओबादी केन्द्रका रुकुम पश्चिम प्रतिनिधि सभाका साझा उम्मेदवार जर्नादन शर्मा र शर्मालाई जिताउने कमाण्ड सम्हालेका नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर के.सी यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्थ छन् । उनीहरु मतदाताको घरदैलोमा पुग्नुको साथै उनीहरुका स्वागतका लागी स्थानीयले तयार गरेका बिभिन्न झाँकीमा समेत सहभागी भई आफै नाच्न थालेका छन् ।
रुकुमको प्रसिद्ध सिंगारु नाच र मयुर नाचमा प्रतिनिधि सभाका उम्मेदवार शर्माका साथै एमाले नेता के.सीले नाच्दै भोग मागि रहेका छन् । जनतासँगै रमाइरहेका नेताद्धय तथा प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार गोपाल शर्मा तथा समानुपातिक उम्मेदवारहरु देवी ओली र बिमला के.सी पनि सहभागी छन् । जिल्लाको चौरजहारीमा आज बिशाल चुनावी सभा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्