सबैको घरघरमा पुगेर के गर्दैछन रातो कामी ?



धनवीर दाहाल, रुकुम ।
बाम गठबन्धनको तर्फबाट रुकुम पश्चिम क्षेत्र नं. १ का प्रदेशसभा सदस्यका उम्मेदवार रातो कामीले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिनुभएको छ । चुनाव प्रचारको क्रममा कामीको टोली हिजो मुसिकोट नगरपालिका १ छिङमा पुगेर घरदैलो कार्यक्रममा जुटेको हो ।
स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको उक्त घरदैलो कार्यक्रममा उहाले अबको निकास र आर्थिक बिकास बाम गठबन्धनले मात्र गर्न सक्ने बताउनुभयो । बाम गठबन्धनको जनलहर देखी अत्ताल्लिएका विरोधी तत्वहरुले जनता र एमाले माओबादी कार्यकर्तामा भ्रम सिर्जना गर्न खाजेको समेत उहाँले बताउनु भयो । रुकुमको बिकास र समृति सपना पुरा गर्न बाम गठबन्धन नै भएको हुँदा अन्य भ्रमको पछि नलागेर बाम उम्मेदवारहरुलाई जिताउने समेत उहाँले जनतासामु अनुरोध गर्नुभएको थियो । रुकुम पश्चिम १ नम्बर क्षेत्र चुनाव प्रचार प्रमुख एवम् नेकपा एमाले रुकुमका अध्यक्ष बिमल कुमार पुनले आफ्ना मतदाताको रक्षा गर्न कार्यकर्तामा निर्देशन दिनु भयो ।
एमाले रुकु्ममा सकियो भनेर काँग्रसले भ्रम फैलाउने काम गरेको र त्यस्तो भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । रुकुम क्षेत्र नं. १ प्रदेशसभा सदस्यका उम्मेदवार रातो कामी नेकपा माओबादी केन्द्रको मात्र नभई एमाले र माओबादीको साझा उम्मेदवार भएको स्पष्ट पार्नुभयो । घरदैलो कार्यक्रम आज पनि मुसिकोट नगरपालिकाका बिभिन्न वडाहरुमा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्