विवादास्पद भिडियो



नयाँदिल्ली, (एजेन्सी)
भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगाले एकजना यात्रुलाई आफ्ना एकजना कर्मचारीले दुव्र्यवहार गरेको भिडियो बाहिरिएपछि बुधबार क्षमायाचना गरेको छ। सोमबार सार्वजनिक भएको सो भिडियोमा गत महिना दिल्ली विमानस्थलमा एकजना कर्मचारीले एकजना यात्रुलाई घचेटेको देखिन्छ। सामाजिक संजालमा भाइरल भएके सो भिडियो स्थानीय न्युज च्यानलहरुले लगातार प्रशारण गरेको थियो। नागरिक उड्यन सहायक मन्त्री जयन्त सिन्हाले उक्त घटना अस्विकार्य भएको संचार माध्यमलाई बताएपछि सरकारले यस सम्बन्धमा अनुसन्धान शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्