कृषकको खेतमै चुनावी सभा



 

अनिल खत्री, गुल्मी
आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारमा निस्किएका नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले कृषकको खेतमै चुनावी सभा गरेका छन्। विष्ट घरदैलो कार्यक्रमअन्र्तगत बुधबार मुसिकोट नगरपालिका ५ आँपचौरमा कृषकहरूसँग धान भित्त्याउने तयारीका लागि खेतबारीमा व्यस्त बनेका कृषकको समस्यालाई मध्य नजर राखेर खेतमै अन्र्तक्रिया गरेका छन्।

उनले जनताको अधिकार स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। नेता विष्टले जनताको अधिकार स्थापित गराउन आफ्नो उम्मेदवारी भएको बताएका हुन्। ‘कोही मन्त्री हुन्छु भोट दिनुस् भन्छन् तर म मन्त्री हुने र मुख्य मन्त्री हुने नभई जनताको सेवा गर्ने सेवक बन्नका लागि भोट दिन आग्रह गर्दछु –उनले भने।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनवाट गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका उनले यस क्षेत्रका जनताका आवश्यकताहरू पूरा गर्नका लागि साझा उम्मेदवार भएको बताए। टिकटका लागि कुनै पाटीको उम्मेदवार भए पनि निर्वाचन अगाडि र विजयी भएपछि आफू सबै राजनीतिक दलहरूमा आस्था राख्ने जनताको जनप्रतिनिधिबाट भएको दाबी उनले गरे।

जनताको आर्थिक हैंसियत उचो नभएसम्म अन्य विकास सम्भव नभएकाले अहिलेको प्रतिव्यक्ति आयलाई कम्तिमा पनि तेब्बर पार्ने गरी काम गर्नेछु विष्टले भने– ‘गुल्मी विभिन्न धार्मिक तथा साँस्कृतिकलगायत कृषि क्षेत्रको सम्भावना भएको जिल्ला भएकाले विकासका योजनामा म सदैव क्रियाशील रहेको छु र रहन्छु।’ वाम गठबन्धनबाट उम्मेदवार बनेका विष्टको कांग्रेसका चन्द्र केसीसँग प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्