हेटौंडामा हमालको निधारमा टल्कियो रातो टीका



 

हेटौंडा, (नेस)। ख्यातिप्राप्त अभिनेता राजेश हमालसँग हेटौंडाका दर्शकले कम्मर मर्काएका छन्। उनीहरुले हमाल अभिनित लोफिल्म अल्लारेको रातो टीका निधारमा टल्लक टल्कियो बोलको गीतमा राजेशसँगै कम्मर मर्काएका हुन्।

हेटौंडामा एनएमबी बैंकको एक घर, एक खातासम्बन्धी अभियानअन्तर्गत वित्तीय साक्षरता तथा व्यवसाय प्रवद्र्धनका लागि हमाल हेटौंडा आएका थिए। वचत गरौं आत्मनिर्भर बनौं, एक उज्ज्वल भविष्यका निम्ति भन्ने अभियानलाई हमालले स्टेजबाट प्रचार गरेका थिए।

हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा हमालले ३० जना ग्राहकलाई १० ग्राम चाँदीको सिक्का वितरण गरेका थिए। कार्यक्रममा नेपाली तारा सन्तोष लामाले गीत गाएर मनोरञ्जन गराएका थिए। हमालसँग भेट गर्न पाउँदा हेटौंडाका दर्शकले खुसी व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्