दाङमा संयुक्त गठबन्धनको पहिलो सभा बिजौरीबाट सुरु



दाङ । संयुक्त बामगठबन्धन प्रतिनिधि सभा दाङ २ प्रदेश सभा ख को पहिलो सभा बिजौरीको कुटेचौरबाट सुरु हुने भएको छ । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटि वडा नम्बर १९ को संयुक्त भेलाले उक्त भेला सम्पन्न गर्नको लागि मञ्च व्यवस्थापनको लागि हरिबहादुर केसी र दामोदर बस्नेतलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी भोलिदेखि सुरु हुने घरदैलो अभियानलाई सम्पन्न गर्न सक्राममा डंकबहादुर वली, सोमराज गौतम, मानबहादुर वली र प्रशान्त रावललाई जिम्मा दिने निर्णय गरेको छ । निर्वाचन परिचालन कमिटिका संयोजक सुमन पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन सम्पन्न गर्नको लागि युवा परिचालनका लागि तुलसीराम चौधरी र दीपकसिहं परियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साथै बैठकले निर्वाचन सम्पन्न गर्नका लागि छिल्लीकोट, हाडिमे, पकर्रे, सक्राम, स्थानगाऊ, खरखरे, श्रीचौर, कुटेचौर, दोघर्रे, बासगडी, स्यालपानी टोलमा समेत टोल कमिटिी गठन गरेको छ । बैठकको सहजीकरण सहसंयोजक भीम चौधरीले गर्नुभएको दाङबाट पत्रकार गोकर्ण पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्