प्रचण्डले चितवनमा ढाँटेको खुलासा (प्रमाण सहित) !



काठमाडौं ।
चितवनका बासिन्दाले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा शुल्क तिर्नुपर्ने बाँध्यता खेप्दै आएका थिए । बर्षौदेखि स्थानीयले निकुञ्चको बाटो भएर यात्रा गर्दा शुल्क नलाग्ने बताउने सरकारसँग माग गर्दै आएका थिए । पटक–पटक सुनुवाई नभएको स्थानीयको गुनासो वन मन्त्री विक्रम पाण्डेले सम्बोधन गरिदिएका छन् । उनले कार्तिक २० गतेको मन्त्रीपरिषद्‍को बैठकमा राखेको प्रस्तावलाई बैठकले पास गरेपछि अब स्थानीयले निकुञ्जको बाटो भएर यात्रा गर्दा शुल्क तिर्नु पर्दैन ।
निकुञ्जपारीको वस्तीका रुपमा परिचित जिल्लाको माडी नगरपालिकाका वासिन्दा सदरमुकाम भरतपुरबाट प्रत्येक पटक घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने सास्ती झेल्दै आएका थिए । चितवनकै स्थायी बासीन्दा रहेका पाण्डेले उक्त समस्या पहिलेदेखि नै समाधान गर्न चाहे पनि उचित अवसर र नपाउँदा सकिरहेका थिएनन् । वनमन्त्री बनेका पाण्डेले स्थानीयको माग सम्बोधन गर्न सफल भएका हुन् ।
निकुञ्जको बाटो प्रवेश गर्ने र बाहिरिने दुई पांग्रे सवारीले एक पटकमा मूल्य अभिबृद्धि कर सहित साना सवारीको ११ रुपैयाँ ३० पैसा तिर्नुपर्ने भएपनि राजश्व संकलन गर्ने कर्मचारीले १५ रुपैयाँ लिने गरेका थिए ।

ठूला सवारीमा मूल्य अभिबृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भएपनि ६० रुपैयाँ लिने गरिएको थियो । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारी र एक सयभन्दा बढी मोटरसाइकल आवतजावत गर्ने गरेको तथ्याङ रहेको छ ।
गाडी जाने करीव ९ किलोमिटर बाटो निकुञ्जभित्र पर्दछ । माडी जाने एक मात्र सडक त्यहि नै हो । माडी क्षेत्रमा ४० हजारभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । सोही बाटो हुँदै ठोरीसम्म जान सकिन्छ ।
चितवन क्षेत्र नं. ३ मा विक्रम पाण्डेले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । पाण्डसँग यस पटक दुई पटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
केही दिन अघि प्रचण्डले चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै निकुञ्जमा आवतजावत गर्दा निशुल्क आफूले बनाएको भाषण गरेका थिए । तर प्रचण्डले माडीवासीलाई ढाटेको खुलासा भएको छ । प्रचण्डले नभई उक्त निर्णय वन मन्त्री पाण्डेको नेतृत्वमा भएको थियो ।
निर्णय २०७४ कार्तिक २० गते भएको छ । तर, प्रचण्डले जेठमा नै सरकार छोडेका थिए । माओवादीका मन्त्रीहरु असोज ३१ देखि विना विभागीयको रुपमा रहेका छन् । प्रचण्डे बाँदरमुढेमा गएर जनयुद्धमा आफूबाट भूल भएको स्वीकार गर्दै उक्त घटनाबाट पीडितहरुलाई आफूले तत्कालै भेटेर राहत दिने आश्वासन दिएका थिए । तर भोलिपल्टै पीडितहरुले प्रचण्डलाई भेट्ने खोज्दा भेट नमिल्ने भन्दै फर्काइमा पीडितहरु अहिले पनि दुःखी छन् ।

प्रतिक्रिया दिनुहोस्