पर्वतका ६१ वटै वडामा बाम गठबन्धनले बनायो समिति



नेपाल समाचारपत्र, पर्वत ।प्रतिनिधीसभा र प्रदेशसभामा गठबन्धन गरेर चुनाबी प्रतिष्पर्धामा उत्रिएका नेकपा(एमाले) र माओबादी केन्द्रले पर्वतका ६१ वटै वडामा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन । बाम गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रले सबै वडामा संयुक्त भेला आयोजना गरि निर्वाचन परिचालन समिति गठन गरेका हुन । पर्वतका दुई नगरपालिका तथा ५ गाउँपालिकाका सबै वडामा सोमबार र मंगलबार भेला सम्पन्न भएका हुन । भेलामा ै संयुक्त रुपमा निर्वाचन परिचालनका लागि समिति गठन भैसकेको र निर्वाचनको अभियान चलेको एमाले पर्वतका उपाध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक भक्त कुवँरले जानकारी दिए । ‘सबै वडा तहमा कमिटी बनेर संयुक्त अभियान थालिसकेका छौ’ उनले भने। वडा तहमा निर्वाचन परिचालन समिति, मतदाता शिक्षा उपसमिति, प्रचारप्रसार समिति, ब्यबस्थापन समितिहरु समेत गठन गरिएको छ । पर्वतमा जिल्ला स्तरीय समन्वय कमिटीमा  एमालेको तर्फबाट उपाध्यक्ष भक्त कुवंर र उप सचिव गोविन्द पहाडी तथा माओवादी कन्द्रेको तर्फबाट नेता सुदिप कुवर र केशवराज कुवंर रहेका छन ।  जिल्लास्तरमा जनसंगनहरुले समेत अभियान सञ्चालन गरिसकेका छन । एमाले निकट युवा संघ र माओवादीको वाइसिएलको संयुक्त वैठक बसिसकेको छ । अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारी, उत्पिडीत जातिय मुक्ति समाज र दलित मुक्ति मोर्चा लगायतका जनसंगठनहरुले समेत परिचालनका संयुक्त कार्यक्रम  बनाएका छन ।

प्रतिक्रिया दिनुहोस्