‘परिवार दल जिन्दाबाद, सुर्य चिन्हमा मतदान गरौ’



काठमाडौं । नेपाल परिवार दलको केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भएको छ । केन्द्रीय समितिले सूर्य चिन्हमा मतदान गर्न सबै परिवार दलका कार्यकर्तालाई आह्वान गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले सबै जनबर्गिय संगठन परिचालन गर्ने निणर्य समेत गरेको छ । बाम गठबन्धनका उम्मेदवारसँग परिवार दलका कार्यकतालाई खटाइसकिएको बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । केन्द्रीय समितिको बैठक पछि कार्यकर्ता सूर्य चिन्हमा मत माग्न बाम गठबन्धनसँग परिचालन भएको बताइएको छ । सातवटै निर्वाचन क्षेत्रमा कार्यक्रम गर्ने निर्णय समेत परिवार दलले गरेको छ । परिवार दल जिन्दाबाद, सुर्य चिन्हमा मतदान गर्रौ भन्ने नाराका साथ परिवार दल निर्वाचनमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस्