सिडिओ बिहिन डोटी, शाखा अधिकृतको भरमा जिल्ला प्रशासन



विमल विष्ट, डोटी ।
डोटी जिल्ला प्रशासन कार्यालय लामो साय देखी प्रमुख जिल्ला अधिकारी बिहिन भएको छ ।
जिल्लामा कार्यरत रहेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई सरकारले एक हप्ता पहिले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरेपछि डोटी प्रमुख जिल्ला अधिकारी बिहिन भएको हो ।

निर्वाचनको मुखैमा प्रमुख जिल्ला अधिकारी सरुवा गरिनु तथा डोटीमा प्रमुख जिल्ला अधिकारी नहुँनु लाई यहाँका अन्य राजनैतिक दलहरुले निकै संका उपसंकाका रुपमा लिएका छन् ।

एक हप्ता देखी जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी नहुँदा निर्वाचन सुरक्षा समितिको बैठक समेत बस्न नसकेको जिल्ला प्रशासन स्थित एकजना कर्मचारीले बताउनु भयो । उहाँले भन्नु भयो ‘निर्वाचन जस्तो अति समवेदन सिल समयमा सिडिओको सरुवा गरियो,अर्को सिडिओ को आउने अत्तोपत्तो छैन,हामीलाई निकै समस्या भई सकेको छ ।’ त्यस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी नहुँदा नागरिक्ता बितरण देखी अन्य बिभिन्न काममा समेत बाधा पुगेको बताईएको छ ।

उता जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रबक्ता केशब लामिछानेले प्रमुख जिल्ला अधिकारी को आउने तथा कहिले आउने भन्ने बिषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताउनु भयो । उहाँले भन्नु भयो ‘सिडिओ साव को रकहिले आउनु हुन्छ,हामीलाई जानकारी छैन ,सम्भवत चाडै आउनु हुन्छ होला ।’

प्रतिक्रिया दिनुहोस्