बाम गठबन्धनका उम्मेदवारको घरमा नेकपाले कालो झण्डा गाड्यो



रविन भट्टराई, ताप्लेजुङ ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाम गठबन्धनका प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) केन्द्रका उमेदवार टंक आङबुहाङको घरमा कालोझण्डा गाडेको छ ।

ताप्लेजुङको साविक चाँगे गाविसमा रहेको उम्मेदवार आङबुहाङको घरमा बुधबार विहान कालोझण्डा गाडेको हो ।

नेकपाले यस अघि विज्ञप्ति प्रकाशन गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रह लाई बेवास्था गरेकाले आङ्बुहाङको घरमा कालोझण्डा गाडि घर कब्जामा लिएको नेकपाका जिल्ला ईन्चार्ज आशिषले टेलिफोनमा बर्तामा बताए ।

आफुहरुले चुनाव खारेजिको माग गर्दै उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नलिएकाले पुर्व घोषित कार्यक्रम बमोजिम उम्मेदवारको घरमा कालो झण्डा गाडेको आशिषले बताए ।

यता प्रमुख जिल्ला अधिकारी मोहन जिसिले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाईएकोले थप विवरण आउन बाँकि रहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्