शिवरामको उत्कृष्ट प्रदर्शन जारी



 

नेपाल समाचारपत्र
काठमाडौं
शिवराम श्रेष्ठले गोकर्ण गल्फ रिसोर्टमा जारी सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ च्यापियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।
७२ पारअन्तर्गत पहिलो दिन ६ अन्डर ६६ स्कोर बनाएका शिवरामले मंगलबार ९ अन्डर ६३ को सानदार स्कोरकार्ड तयार पारेका हुन्। ३६ होलपछि उनको कुल स्कोर १५ अन्डर १ सय २९ भएको छ। शिवरामले दोस्रो स्थानमा रहेका सूर्यप्रसाद शर्मामाथि ७ स्ट्रोकको अग्रता पनि लिएका छन्। सूर्यले कुल ८ अन्डर १ सय ३६ स्कोर बनाएका छन्।

यसैगरी जयराम श्रेष्ठ र दीपक मगर तेस्रो स्थानमा रहेका छन्। उनीहरुले कुल पार १ सय ४४ स्कोर जोडेका थिए। १ ओभर १ सय ४५ स्कोर गरेका भुवन नगरकोटी पाँचौं, रवि खड्का २ ओभर १ सय ४६ स्कोरसहित छैटौं र सञ्जय लामा सातौं स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्