अन्तरिक्षको गहिराइबाट रहस्यमय पिण्ड



होनोलुलु, (एजेन्सी)
हवाइ स्थित प्यानस्टारआरएस १ टेलिस्कोपबाट आकाशमा एउटा सानो पिलपिल गर्दै अगाडि बढिरहेको रहस्यमय पिण्ड अवलोकन गरिएको छ। उक्त बस्तुको अवलोकन स्वचालित रूपमा भइरहेको छ र यो अनौठो अवस्थामा देखिएको जनाइएको छ। यसको बेग तीव्र रहेको र यो अत्यधिक विशाल कक्षमा रहेको देखिन्छ। वास्तवमा यो कुनै कक्षमै नभएको हुन सक्छ। इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन्स माइनर प्लानेट सेन्टर (एमपीसी)ले उक्त पिण्ड अन्तरिक्षको गहिराइबाट आएको हुन सक्ने जनाएको छ। ‘सम्भवतः यो अर्को तारबाट उछिट्टिएर आएको छुद्रग्रह हुन सक्ने जनाइएको छ।

यदि थप अवलोकनले यसको अस्वाभाविक कक्ष पुष्टि भएमा यो कुनै तारामण्डलबाट आएको पहिलो पिण्ड हुन सक्छ’ –एमपीसीले जनाएको छ। प्यानस्टारआरएस टेलिस्कोपले यसलाई सूर्यबाट ताराहरूतर्फ पुनः फर्किने क्रममा मात्र फेला पारेको हो। यो अब पुनः फर्केर आउँछ भन्ने लाग्दैन। यो गत अक्टोबर १४ मा पृथ्वीबाट २ करोड ४० किलोमिटरको दूरीबाट पिलपिल गर्दै गुजे्रको थियो। यो कस्तो आकाशीय पिण्ड हो भन्ने यकिन गर्न धरैले यसलाई अवलोन गरेका थिए। उनीहरूको कौतुहलता भनेको, यो कहाँबाट आएको हो भन्ने नै थियो।

प्रायःजसो आकाशीय पिण्डले हाम्रो सूर्यलाई एउटै सतहबाट परिक्रमा गर्छ। यसमा ग्रह, बामन ग्रह र छुद्रग्रहले प्रायः एउटै प्रकृतिमा परिक्रमा गरिरहेको हुन्छ।

यो पिण्ड भने सौर्यमण्डलको सतहमा १२२ डिग्रीको कोणमा लायरा तारामण्डलको भेगा ताराको दिशाबाट तल झरेको हो। यसले लिएको मार्ग पुनः फर्किने अन्य छुद्रग्रहको जस्तो बक्र अन्डाकार पनि छैन।
उक्त पिण्ड सूर्यको गुरुत्वाकर्षले पछाडि ढकेल्नु अगाडि हाम्रो ताराबाट ३ करोड ८० किलोमिटर अर्थात् खगोलीय हिसाबले अन्यन्त नजिक भएर गएको छ। सामान्यतया यति नजिक हुने भनेको कुनै पनि पिण्डका लागि घातक हुने गर्छ। तर सी⁄२०१७ यु१ नामको उक्त पिण्डले सूर्यको तापमा विलय हुन नसक्ने गरी अत्यन्त तीव्र गतिमा यात्रा गरेको छ।

अवलोकनका क्रममा यसको गति २६ किलोमिटर प्रतिसेकेन्ड रहेको थियो। खगोलशास्त्रीहरू अब उनीहरूको अवलोकन र डाटा अध्ययनलाई सघन पार्दै यो वास्तवमा कहाँबाट आएको हो भन्ने पत्ता लगाउने प्रयासमा जुटेका छन्।

भेगा सापेक्षिक रूपमा हाम्रो सूर्यबाट नजिकको छिमेकी २५ प्रकास वर्ष दूरीमा पर्छ। यात्रामा यसले लिएको गतिअनुसार तारामण्डललाई छिचोल्न पनि यसलाई १७ लाख वर्ष लाग्छ।

प्रतिक्रिया दिनुहोस्