निक्कीमा पुनः राणा



 

काठमाडौं, (नेस)
नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज (निक्की) को २३औं वार्षिक साधारणसभाले सौर्य शम्शेर जबरालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। मंगलबार सम्पन्न निक्कीको साधारणसभाले राणालाई आगामी दुई वर्षका लागि निर्वाचित गरेको हो।

निक्कीको नवौं कार्यसमितिका लागि भएको निर्वाचनमा अभिमन्यु पोद्दार (सूर्य नेपाल), आनन्दकुमार बगरिया (निम्बस होल्डिङ), अनुकूल भट्नागर (एसबीआई बैंक), ज्ञानेन्द्रलाल प्रधान (हाइड्रो सोलुसन) लाई सदस्यमा निर्वाचित गरेको छ।

त्यस्तै हेमराज ढकाल आईएमई अटोमोबाइल्स, आरबी रौनियार (इन्टर कन्टिनेन्टल मोटर्स) शशिकान्त अग्रवाल (रिलायन्स स्पिनिङ) सिर्जना राणा (होटल अन्नपूर्ण) र सुभिक ज्योति (भाजुरत्न इन्जिनियरिङलाई पनि सदस्यमा निर्वाचित गरेको छ। निर्वाचित सदस्यबाट कार्यसमितिका अन्य पदमा मनोनयन गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्