राप्रपाको घोषणापत्रमा राजतन्त्र फर्काउने संकल्प (संकल्पसहित)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । ललितपुरस्थित हिमालय होटलमा कार्यक्रम गरी रापप्रपाले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वा्चित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने उल्लेख गरिएको छ । राप्रपाले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने लगायतका ४० बुँदे संकल्प घोषणापत्रमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्