इसाई धर्मालम्बीको मत सुरक्षित गर्दै राजपाका उमेद्वार



काभ्रे (नेस) ।
तराई केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) का प्रतिनिधिसभा तर्फ काभ्रे क्षेत्र नम्बर २ का उमेद्वार प्रदिप कुमार प्रजापति इसाई धर्मालम्बिहरुको मत सुरक्षित गर्न लागि परेका छन् ।

बनेपा जागृति मण्डलीका पास्टर तथा काभ्रे इसाई समाजका सदस्य प्रजापति आफ्नो क्षेत्रमा मात्र संगठित रुपमा ८८ वटा चर्च रहेको र यी चर्चहरुमा १० हजार भन्दा बढी विस्वाशीहरु रहेको भन्दै आफु इसाई धर्मालब्बीहरुको मत सुरक्षित गर्न लागेको बताउनु भएको छ । काभ्रे जिल्ला भरी कुल १ सय २२ वटा चर्च रहेपनि आफ्नो क्षेत्रमा ८८ वटा संगठित र संगठित हुन बाकी ७ वटा गरि ९५ वटा चर्च रहेको उहाको भनाई थियो ।

काभ्रे क्षेत्र नम्बर २ अन्तर्गत बनेपा नगरपालिका, धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म, पाचखाल नगरपालिका, पनौति नगरपालिकाको वडा नं १,२,३,११ र १२, मण्डन देउपुर नगरपालिका, वेथानचोक गाउपालिकाको वडा नं १,५,७ र ११ तथा भुम्लु गाउपालिका परेको छ । जसमध्य बनेपामा २४ वटा चर्च छन् भने धुलिखेलमा ८ वटा, पाचखालमा १५ वटा, पनौतिमा ६ वटा, मण्डनदेउपुरमा १५ वटा, बेथानचोकमा १० वटा र भुम्लुमा १० वटा चर्च रहेको छ ।
प्रजापति सदस्य रहेको काभ्रे इसाई समाज अन्तर्गत पनि छुट्टै १९ वटा चर्च रहेको राजपाका उमेद्वार प्रजापति बताउछन् । काभ्रे क्षेत्र नम्बर २ मा नेपाली काग्रेस र बाम गठबन्धन वीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको बेला तपाईले चुनाव जित्ने आधार के हो भनी नेपाल समाचारपत्रले सोधेको प्रश्नमा प्रजापतिले भन्नुभयो– मलाई सबैभन्दा धेरै मत इसाई धर्मालब्बीहरुबाट नै आउछ । आफु बनेपाको स्थानीयबासी भएको नाताले पनि बनेपा नगरबाट पनि आफुलाई प्रयाप्त मत आउने उहाको भनाई थियो ।

इसाई धर्मालब्बीहरुको लागि प्रमुख आवश्यक्ता पुरा गर्न दफन गर्ने ठाउ (दाह संस्कार) उपलब्ध गराउनु रहेको भन्दै आफु यहि एजेण्डा लिएर ईसाई धर्मालब्बीहरु संग मत माग्न गएको राजपा नेता प्रजापति बताउनु हुन्छ । विगत १५ वर्ष देखि आफु इसाई धर्ममा लागेको भन्दै उहाले प्रदेश नम्बर ३ को राजधानी काभ्रेमा बनाउने र संविधानमा धर्म निरपेक्षताको शब्द हटाएर धार्मिक स्वतन्त्रता शब्द राख्ने आफ्नो लक्ष्य रहेको प्रजापतिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्