युवा क्रिकेट टोली आज मलेसिया जाँदै



नेपाल समाचारपत्र, काठमाडौ ।
एसिया कप यू–१९ क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

एसिया कपकै लागि बंगलादेश पुगेर तीन अभ्यास खेल खेलेर सोमबार नेपाल आइपुगेको युवा टोली आज राति १२ बजे मलेसिया प्रस्थान गर्ने टेक्निकल एनलिष्ट रमन शिवकोटीले बताए ।

एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया रहेको छ । नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो ।

गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियन बन्दै नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको थियो । समूह ‘बी’ मा भने श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्