राप्रपा घोषणा पत्रः संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तन



नेपाल समाचारपत्र, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजिनक गरेको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरेको छ ।

राप्रप का अध्यक्ष कमल थापाले घोषणा पत्र सार्वजनिक गर्दै राप्रपालाई देशको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरेका थिए । अध्यक्ष थप ले पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको बताए ।

राप्रपाले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुर्स्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको बताउदै अध्यक्ष थापाले भने(‘हामी सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनर्स्थापना गर्छौं,’ ।

मुलुकमा सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरी सम्पूर्ण धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गरिने तथा आर्थिक वृद्धिदरमाथि लैजान १५ वर्षभित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने घोषणा पत्रमा उल्लेख छ ।

राप्रपाको घोषणापत्रको पूर्ण विवरणः

RPP

प्रतिक्रिया दिनुहोस्