एमाले अध्यक्ष पुनल बाम गठबन्धनका उम्मेदवारलाई जिताउने कमाण्ड सम्हाले



धनवीर दाहाल, रुकुम मुसिकोट ।
नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुनले रुकुम पश्चिम क्षेत्र नं १ का बाम गठबन्धनका उम्मेदवार रातो कामीलाई बिजयी बनाउने कमाण्ड सम्हालेका छन् । एमाले अध्यक्ष पुनको नेतृत्वमा रातो कामीलाई बिजय बनाउन शोमबार देखी घरदैलो तथा बिभिन्न सभाहरु गर्ने कार्यतालिका बनाइएको छ । यसै गरी रुकुम पश्चिमका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुलाई बिजयी बनाउन बाम गठबन्धनले औपचारीक रुपमा चुनावी अभियान सुरु गरेको छ ।

आगामि मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि शोमबारबाट विभिन्न ठाउँमा कार्यक्रम गर्न लागिएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा प्रभाकार, प्रदेश सभा सदस्य तर्फ क निर्वाचन क्षेत्रका उम्मेदवार रातो कामी र ख निर्वाचन क्षेत्रका उम्मेदवार गोपाल शर्मा अनल सहितको चुनाव प्रचार अभियान गाउँ निस्केको हो । प्रतिनिधि सभा सदस्यका उम्मदेवार जनार्दन प्रभाकरले ख निर्वाचन क्षेत्रबााट प्रचार अभियान थाल्नु भएको छ । त्रिवेणि गाउँपालिकाको सिम्रुतुको कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको छ । उहाँको प्रचार टोली प्रमुखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्मा आर्ट रहनु भएको छ भने सदस्यमा संयोजन समितिका अर्का प्रमुख नेता शेरबहादुर केसी लगायतका नेताहरु रहनु भएको छ ।
जनार्दन शर्माले २४ गते सम्म ख निर्वाचन क्षेत्रमा प्रचार प्रसार अन्तरगर्त चुनावी सभालाई सम्बोधन तथा घरदैलो, भेटघाट गर्नुहुने छ । शर्माको २० गते स्रिमुतु, २१ गते पेउघा, २२ गते खोलागाउँ २३ गते चौरजहारी र २४ गते सिम्लीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी २५ गतेदेखि ख निर्वाचन क्षेत्रमा उहाँको प्रचार टोली जाने छ । २५ गते राडी, २६ गते गोतामकोट, २८ गते खदी, ३० गते बाँफिकोट र मंसिर १ गते मुसीकोटको चुनावी सभामा सहभागि हुनुहुने छ । चुनावी सभाको साथै उहाँले घरदैलो, भेघाटन र अन्तरक्रिया पनि सँगसँगै गर्नुहुने छ । यसैगरी क निर्वाचन क्षेत्रको कार्यक्रम पनि शोमबार बाटै सुरु भएको छ ।

टोलीले दिएको जानकारी अनुसार कार्तिक २० देखि २४ गते सम्म मुसीकोट नगरपालिका, २६ देखि ३० गते सम्म बाँफिकोट गाउँपालिका, मंसिर १ देखि ४ गते सम्म मुसीकोट नगरपालिका र मंसिर ५ देखि ८ गते सम्म आठविसकोट नगरपालिकामा चुनावी कार्यक्रम गर्नेछ छ । ख निर्वाचन क्षेत्रका उम्मेदवार गोपाल शर्मालाई जिताउन अर्को छुट्टै टोली निर्माण गरिएको छ । माओवादी केद्रका नेता गणेश केसीको नेतृत्वमा रहेको उक्त टोलीले कात्तिक २५ गतेबाट चुनावी कार्यक्रम गर्ने छ । उक्त टोलीका अनुसार कात्तिक २५ देखि मंसिर २ गते सम्म सानीभेरी गाउ“पालिका, कात्तिक २८ देखि मंसिर १ गते सम्म चौरजहारी नगरपालिका, मंसिर ३ देखि ६ गते सम्म त्रिवेणि गाउँपालिकामा चुनावी कार्यक्रम तथा घरदैलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्