समृद्ध ललितपुरका लागि मेरो उम्मेद्दारी: जिवन खड्का



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर क्षेत्र नम्बर–३ का प्रदेश ख का उम्मेद्दार जीवन खड्काले आप्नो उम्मेद्दार समृद्धीको लागि भएको बताउनुभएको छ ।

उम्मेद्दारी घोषणा भएपछि व्यक्तीगत भेटघाटमा व्यस्त उहा नेकपा एमाले ललितपुरका ३ नम्बर प्रदेश सदस्य हुनुहुन्छ । पार्टीको घोषणापत्रलाई मुल आधार बनाउदै आफुले प्रतिबद्धतापत्र तयारमिा लाग्नुभएको उहा चुनावी प्रचारमा व्यवस्त हुनुहुन्छ । ललितपुिर महानगरपालिकाका १० वडा रहेको सो क्षेत्र अन्तर्गत वडा नम्बर १ देखि ४, १०, १८ देखि २२ र २५ वडा समावेस भएका छन् । अहिले कोठे भेला व्यक्तीगत प्रचार समिति निर्माण लगायतका काममा व्यस्त रहेका उहाँ आफुले सो क्षेत्रमा निर्वाचन जित्ने सुनिश्चित आधार रहेको बताउनुहुन्छ ।

आफु निर्वाचित भएका सो क्षेत्रमा शिक्षा, स्वाथ्य, खानेपानी, वातावरण, युवा स्वरोजगार्री, वृद्ध भत्ता लगायतका विषयमा विषेश ध्यान दिने बताउहुहुन्छ । मेरो उम्मेद्धारी ललितपुरको ३ नम्बर क्षेत्रकोृ विकासको लागि हो ।

सुगम भएपनि केही दुर्गम देखिएका सो क्षेत्रका जनतालाई सोवा दिने आफ्नो प्रमुख लक्ष्य रहेको बताउदै उहा भन्नुहन्छ – म जनताको सधै घरदैलोमा हिड्ने नेता हु, जनताको विकासनै मेरो पहिलो आधार हो । कार्तिक २३ गतेदेखि वडा स्तरिय घरदैलो अभियान संचालन गर्ने तयारी रहेको बताउदै सबै कार्यालयमा वाम गठबन्धनको संयुक्त कार्यालय स्थापना गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्