महिलाले चलाएको गाडी विद्यार्थी पढिरहेको कक्षामा ठोकिदा दुई विध्यार्थीको मृत्यु, ९ घाइते



काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक विद्यालयमा मंगलबार बिहान विद्यार्थीहरु पढिरहेको बेला एउटा कार नियन्त्रण गुमाई भित्र पस्दा दुई बालकको मृत्यु भएको छ भने ९ बालबालिका घाइते भएका छन् ।

५२ वर्षीया एक महिलाले चलाइरहेको कार सिड्नीको ग्रिनएकरस्थित बेन्कसिया प्राइमरी विद्यालयको कक्षाकोठाभित्र दुर्घटना भएको थियो ।

घटनापछि चालक महिलालाई प्रहरीले आवश्यक स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ । कार पार्किङ्ग गर्ने क्रममा महिलाले नियन्त्रण गुमाएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्